गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु – हमास

A picture taken in southern Israel near the border with the Gaza Strip on December 11, 2023, shows smoke billowing during Israeli bombardment on northern Gaza, amid continuing battles between Israel and the militant group Hamas. (Photo by Menahem KAHANA / AFP)

गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ । इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ, इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।”

यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, “गाजाको दक्षिणी शहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्नबताएको छ ।”

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकमिक आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ ।





error: Content is protected !!