पटक पटक वडामा आएको राहत चोरी हुदा पनि सरोकारवाला मौन

मोहन जंग शाही
जाजरकोट , १८ माघ ः बारेकोट गाउँपालिका वडा नं ५ का सुत्केरी , बृद्ध र बालबालिकाहरुका लागि आएको राहत पटक पटक चोरी हुदा पनि सरोकारवालाहरुले कानमा तेल हालेर बसेको हिमालय आधारभुत बिद्यालय गोठगाउँका शिक्षक टोपबहादुर सिहंको आरोप छ ।
उक्त घटना पटक पटक दोहोरीदा पनि नजिकैको पुलिस प्रशासन , वडा अध्यक्ष र गाउँपालिका अध्यक्षले समेत यो विषयमा चासो नदेखाएको शिक्षक सिहंले बताए ।
यसैगरि श्री सरस्वती माध्यामिक बिद्यालयमा कर्णालीका लागि सहयोगि हातहरु नामक संस्थाबाट बालबालिकाहरुका लागि आएको राहत स्वरुप जाकेट, झोला र कापी कलम समेत बिद्यालयको भवन तोडफोड गरी चोरी भएको सरस्वती माध्यामिक बिद्यालयका शिक्षक चयनबहादुर सिहंले जानकारी दिए ।



