बजेटमा मन्त्रालयगत छलफल शुरू

काठमाडौं ः आगामी आर्थिक वर्षको बजेटको सिलिङ तयार गर्न राष्ट्रिय योजना आयोगले आजदेखि मन्त्रालयहरुसँग छलफल सुरु गर्दैछ। आगामी वर्षका लागि १८ खर्ब हाराहारीको बजेट निर्माणको गृहकार्य हुँदै गर्दा आयोगले मन्त्रालयहरुसँग छलफल गर्न लागेको हो। आयोगले मन्त्रालयको माग, गत वर्षको बजेट कार्यान्वयन लगायतबारे मन्त्रालयसँग छलफल गर्न लागेको राष्ट्रिय योजना आयोगको सदस्य डा। रामकुमार फुयालले जानकारी दिए।

सरकारले चालू आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो। जसअनुसार आगामी आर्थिक वर्षमा केही बढाउने गरी आयोगले सिलिङ तोक्ने तयारी गरेको छ।

यसअघि आयोगले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिसकेको छ। सरकारले यस वर्ष बजेटको क्यालेन्डर नै परिवर्तन गरेको छ।





error: Content is protected !!