दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

काठमाडौं ः सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ।

बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छु, प्रमुख डा गौतमले भने। जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो। फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए।

दादुरा–रुवेला सबैभन्दा बढी संक्रामक रोग हो। एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ। दादुरा–रुवेला बढी संक्रामक हुन्छु, खोप शाखा प्रमुख डा गौतमले भने, ुत्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौं।





error: Content is protected !!