कारितास द्धारा नलगाडका भूकम्प पीडितलाइ सहयोग


जाजरकोट । जाजरकोट भूकम्प पीडितलाई कारितास नेपालले सहयोग गरेको छ । जिल्लामा भूकम्पबाट प्रभावित भएका नागरिकलाई कारितास नेपाल ,कारितास जर्मनी ,कारितास अष्ट्रेलिया ,सिआरयसले राहत सामाग्री हस्तान्तरण गरेको यार्सन नेपाल जाजरकोटका संयोजक सहदेव बस्नेतले बताए ।

बस्नेतका अनुसार नलगाड नगरपालिका भित्रका २ सय घरपरिवारलाइ राहत दिएको छ । यार्सन नेपाल जाजरकोट संगको सहकार्यमा बिभिन्न खाद्य सामाग्री बितरण गरिएको संयोजक बस्नेतले जानकारी दिए ।
तस्बिर : नलगाड नगरपालिका वडा नं ३ कटके राहत बितरण











