‘बड्डाका दिन गया’ सार्वजनिक

महेन्द्रनगर (कञ्चनपुर), १४ मङ्सिर ः सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले ‘बड्डाका दिन गया’ गीत बजारमा ल्याउनु भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा उक्त गीत छायाङ्कन भएको हो ।

विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले गत वैशाखयता तीन वटा देउडा गीत सार्वजनिक गरिसक्नुभएको छ । अछामी बड्डो युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्तः गीत बुधबार दिउँसोयता साँढे पाँच हजारले हरिसकेका छन् । राजेन्द्र शाहको शब्द, गायकको सङ्गीतमा रहेको उक्त गीतमा गायिका देवी घर्तीले साथ दिनुभएको छ ।

गायक धामी र मोडेल रोजी कुँवरले अभियन रहेको गीतमा भीम थापाको निर्देशन र अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् । “सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन गीतमा यहाँका बला, संस्कृति समेटेर बजारमा ल्याएका छौँ”, धामीले भन्नुभयो, “यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्एिकाले सबैले मन पराउनेमा आश गरेका छौंँ ।”

विसं २०५५ देखि देउडा क्षेत्रमा सक्रिय रहेका धामी कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत हुनुहुन्छ । रासस





error: Content is protected !!