चीनबाट १० करोडका सामग्री नेपाल ल्याइँदै

काठमाडौं ः जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, चीनले पठाएका १० करोड बराबर मूल्य भएका २३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे नेपाल ल्याइँदैछ ।

जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा ती सामग्री सोमबार चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै आज रातीसम्म काठमाडौंसम्म सामग्री ल्याइँदैछ ।




सम्बन्धित समाचार


error: Content is protected !!