मल्ल र सूर्य नेपाल द्धारा भुकम्प पीडितलाई राहत

जाजरकोट : शुक्रवार राति आएको भुकम्पका कारण प्रभावित भएका पीडितलाई मल्लले राहत हस्तान्तरण गरेका छन् ।मल्ल बर्दश एण्ड सप्लायर्सका सञ्चालक कृष्ण मल्लले करिब १ करोड सामाग्री हस्तान्तरण गरेका छन् । जिल्लाको विपतका हरेक घटनामा मल्लले सहयोग गर्दै आएका छन् । आइतवार जिल्लाका भुकम्प पीडितहरुलाई उनले व्यत्तिगत ४५ लाख रकमको सामग्री हस्तान्तरण गरेका थिए । यस्तै मल्ले ५५लाखको सामाग्री सूर्य नेपाल प्रालीबाट हस्तान्तरण गरेका हुन । सप्लायर्सबाट जिल्ला विपत व्यवस्थापन समितिका अनुसार बलाङ्गकेट सहित ११ प्रकारका सामान प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।
मल्ले भुकम्प पिडितका लागि व्यक्तिगत ५ सय थान बलाङ्गकेट र १ सय ५० थान त्रीपाल सहयोग गरेका छन् । भेरी नगरपालिका ४ निवासी मल्लले जिल्ला भएको बिनासकारी भुकम्पमा राहत दिएका छन् । यस्तै उनको पहलमा सूर्य नेपाल प्रालीले ५५ लाखको सामाग्री बितरण गरेको छ । प्रालीले जिल्ला विपत समितिलाई ५ सय थान फाइबर बितरण गरेको हो । चिसो मौसम भएका कारण प्रभावित क्षेत्रका नागरिकलाई फाइबर दिएको सूर्य नेपाल प्रालीका शुभाषचन्द्र बरालले बताए ।
विपतिको बेला सानो सहयोग होस भन्नका लागि प्रालीले मल्लको पहलमा सहयोग गरिएको बरालको भनाइ थियो । यस्तै प्रालीले ५ सय थान त्रीपाल सहयोग गरेको छ । पिडितहरुलाई ५ सय बोरा चामल दिएको सहायक प्रजिअ शर्माले बताए । ८५ बोरा दाल समेत दिएको छ । भुकम्प पिडितहरु राहतको पर्खाइमा रहेको बेला प्रालीको सहयोगले टेवा पुगेको जिल्ला प्रकोप समितिका एक सदस्यले बताए । सहयोग गरिएको राहात सामाग्री आइतवार भेरी नगरपालिका र नलगाड नगरपालिका क्षेत्रमा वितरण गरिएको छ । भुकम्प पिडितलाई सूर्य नेपाल प्रालीका शुभाषचन्द्र बराल प्रालीका कर्णाली प्रदेश इन्चिार्ज विदुर अधिकारी,सुर्खेतका बिक्रेता दिपक खड्का लगाएत जाजरकोट पुगेका थिए ।



