कात्तिक ७ देखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, कतै तपाईँको त परेन ?

काठमाडौं । आगामी कात्तिक ७ (अक्टोबर २४) देखि केही पुराना एन्ड्रोइड तथा आईफोन मोडेलमा ह्वाट्सएप नचल्ने भएको छ । ह्वाट्सएपले आफ्नो ‘हेल्प सेन्टर’मा यसबारे लेख्दै जानकारी दिएको हो ।
आफूले पछिल्लो अपरेटिङ सिस्टम प्रयोग गर्ने प्रयोगकर्ताका लागि नयाँ फिचर विकास गर्नुपर्ने बताउँदै ह्वाट्सएपले एन्ड्रोइड ओएस ४.१ र आईओएस ११ भन्दा पुराना फोनहरूमा ह्वाट्सएप बन्द गर्ने जनाएको छ ।
त्यस्तै नवीनतम् प्रविधिमा थप सुरक्षाका मापदण्डहरू हुने र तिनको फाइदा लिनु पर्ने भएकाले पनि आफूले पुरानो अपरेटिङ सिस्टममा एप बन्द गर्न लागेको ह्वाट्सएपको भनाइ छ ।
यद्यपि सपोर्ट बन्द गर्नुअघि कम्पनीले ती फोन प्रयोगकर्तालाई यसबारे सूचित गर्नेछ । त्यसपछि भने ह्वाट्सएपका डेभलपरले ती डिभाइसमा प्राविधिक सहयोग तथा अपडेट पठाउन छाड्नेछन् । त्यसो हुँदा डिभाइसको अपरेटिङ सिस्टमले नयाँ अपडेट, नयाँ फिचर तथा समाधान गरिएका बगहरूको अपडेट पाउने छैनन् । यदि तपाईंसँग पनि तल उल्लेखित फोनहरू छ भने तिनमा आगामी कात्तिक ७ देखि ह्वाट्सएप चल्ने छैनन् ।
- Samsung Galaxy S2
- Nexus 7
- iPhone 5
- iPhone 5c
- Archos 53 Platinum
- Grand S Flex ZTE
- Grand X Quad V987 ZTE
- HTC Desire 500
- Huawei Ascend D
- Huawei Ascend D1
- HTC One
- Sony Xperia Z
- LG Optimus G Pro
- Samsung Galaxy Nexus
- HTC Sensation
- Motorola Droid Razr
- Sony Xperia S2
- Motorola Xoom
- Samsung Galaxy Tab 10.1
- Asus Eee Pad Transformer
- Acer Iconia Tab A5003
- Samsung Galaxy S
- HTC Desire HD
- LG Optimus 2X
- Sony Ericsson Xperia Arc3



