छेडागाड नगरपालिकाको बैठक अब लाइभ हुने ः खाजा नास्ताको फर्जी विल प्रयोग गर्नेबाट रकम असुल गर्ने

जाजरकोट ः छेडागाड नगरपालिकाको सबै बैठकहरु अब लाइभ गर्ने निर्णय गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार निर्णय गर्दा पारदर्शिता कार्यम हुने र सबै कुरा सरोकारवाला निकायलाई थाहा पाउन सजिलो हुने भएकाले लाइभ गर्ने निर्णय गरिएको छ ।

त्यस्तै २०८० साउन भदौ ३० गते पेश गरिएको प्रतिबेदन अनुसार असोभाविक खाजा नास्ताको रकमका बारेमा पटक पटक छलफल गरी असोज २६ गते स्पटीकरण सोधिएकोमा त्यसको जवाफ नआएका कारण अब प्रतिबेदनका निष्कर्ण र सुझाव अनुसार आलेप र मलेपको परामर्शबाट एकीन गरी सम्वन्धीत पक्षबाट असुल उपर गर्ने निर्णय गरिएको छ ।

त्यस्तै फर्जीबिल पेश गर्ने होटल व्यवसायीलाई समेत बिल सहितको स्पष्टीकरण सोध्ने यदि चित्त बुझदो जवाफ नआएमा जिल्ला प्रशासन कार्यालयको परामर्शमा बाँकी कदम चाल्ने निर्णय कार्यपालिकाको बैठकबाट गरिएको छ ।





error: Content is protected !!