भाइरल रक्षाले मागिन् सामाजिक संजाल मार्फत माफी ।


काठमाडौँ, माजिक संजालमा भाइरल रक्षाले सामाजिक संजाल मार्फत नै माफी मागेकी छिन् । गत शनिबार ने. क. पा. एमाले कर्णाली सम्पर्क मञ्च काठमाडौँले गरेको तिज विशेष कार्यक्रमबाट एक छोटो भिडियो क्लिप सार्वजनिक भएको थियो । जसमा नृत्यको एउटा स्टेप निकै नै चर्चामा आएको थियो ।

जाजरकोट जिल्ला कुसे निवासी रक्षा शाहीको नृत्यको उक्त क्लिपले सामाजिक संजाल नै तताएको थियो । त्यस भिडियोबाट सार्वजनिक गरिएको उक्त क्लिपलाई ‘अश्लील’ र ‘अशोभनीय’ भन्दै सामाजिक संजालमा नकारात्मक टिप्पणी आइरहेका थिए ।

उक्त कार्यक्रमको ब्यानरमा ‘कर्णाली प्रदेशस्तरीय भेला तथा तीज विशेष खुल्ला प्रतियोगिता–२०८०‘ राखिएको र छेउमा नेकपा एमाले पार्टीको चिन्ह समेत राखिएको कारण उक्त नृत्यलाई नेकपा एमाले पार्टीसँग जोडेर पनि टिप्पणी गरिएको हो । पूर्वसचिव भीम उपाध्यायले भिडियो शेयर गर्दै लेखेका छन्–‘पार्टीमा आकर्षण बढाउने जुक्ति, डान्स कार्यक्रममार्फत ।’ यस्तै, डा. कल्याण सुवेदीले ‘क्रान्तिकारी नाच’ भन्दै व्यङ्ग्य गरेका छन् । एमाले पार्टीसँग तर्क र व्यङ्ग्य जोड्दै यस्ता तमाम टिप्पणीहरु आइरहेका छन् ।

उक्त कार्यक्रमकी विवादित कलाकार रक्षा शाहीलाई पनि एमाले पार्टीको कार्यकर्ताकै रुपमा टिप्पणी गरिरहेका छन् । सोमबार साँझ साढे ८ बजेतिरको फेसबुक लाइभमा भने शाहीले आफू एमाले मात्रै नभएर कुनै पनि पार्टी संगठनमा नभएको जिकिर गरेकी छिन् र त्यसरी एमाले पार्टीसँग जोडेर टिप्पणी नगरिदिन अनुरोध समेत गरेकी छिन् ।

सामाजिक संजालमा लाइभ मार्फत आफू एक कलाकार मात्रै भएको र कलाकारले कुनैपनि कार्यक्रममा, कुनैपनि आयोजनामा गएर आफू सहभागी हुन पाउने र आफ्नो कला प्रस्तुत गर्न पाउने बारेमा जोड दिएकी छिन् । उनले लाइभमा भनिन् ‘कलाकारले जस्तो पनि स्टेप गर्न पाइन्छ’ । अझै थप्दै उनले भनिन् ‘यो भन्दा पनि अझै जस्ता पनि स्टेपहरु हुन्छन् र गर्न पाइन्छ ।’ साथै उनले आफूले नाचेर कुनै पनि गलती नगरेको र यदि गलती भएकै भएपनि माफी चाहान्छु भन्दै माफीको याचना समेत गरेकी हुन् । अझै उनले आफूलाई प्रथम बनाइहाल्छन् कि भनेर डाहा गर्ने मानिसहरूले आफूलाई बदनाम गर्नको लागि मात्रै उक्त भिडियो क्लिप सार्वजनिक गरेको भन्ने दावी समेत गरेकी छिन् ।

कर्णाली सम्पर्क मञ्च काठमाडौँकी उप-सचीव लक्ष्मी रोकायले  भनिन बदनियत पुर्वक शाहीको सो भिडियो क्लिप सार्वजनिक गरेर उनलाई बदनाम गर्न र पार्टीको नाम समेत बदनाम गर्नमा भुमिका खेल्ने संगठनमा आवद्ध व्यक्तिहरु जोसुकै भएपनि छानबिन गरेर संगठनबाटै हटाउने तयारी हुँदै गरेको जानकारी दिएकी छिन् । जाजरकोटबाट काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष हरी मिलन शाहीले पनि उक्त किसिमको हरकत गर्ने संगठनका सदस्यहरुलाई कुनैपनि ढंगले माफी दिन नसकिने र तत्काल छानबिन गरि संगठनबाट निलम्बन गर्ने बताएका छन् ।





error: Content is protected !!