जगदुल्ला जलविद्युतले त्रिबेणी देखि इल सम्माको सडक निर्माणका लागि प्रक्रिया थाल्यो

हेमन्त केसी
जाजरकोट / भेरी करिडोर भित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिबेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इल सम्मा सडक निर्माणको प्रक्रिया सुरु भएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आवह्वान गरेको छ । जगदुल्ला जलविद्युत आयोजनाकै अग्रसरतामा आइइको काम पुरा भएपछि जगदुल्लाले सडक निर्माणका लागि पहल थालेको हो । यो सडक भालुलेक हुँदै जुम्ला जोड्नका लागि पनि उपयूक्त मार्ग रहेको छ ।
डेल्पाको त्रिवेणी नर्कु सर्मी हुँदै भालुलेक सम्माको १६ किलोमिटर सडकका निर्माण गर्नका लागि भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले प्रारम्भीक वातारणीय परीक्षण (आइइ) कात्तिक २७ गते स्वीकृत भएसँगै सडक निर्माण गर्न जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले आज बोलपत्र आवह्वान गरी कामको प्रक्रिया सुरु गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
१७६ मिलियनमा उक्त ठेक्का भएको छ । बाटो निर्माणका लागि जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको विद्युत उत्पादन तीन जिल्लाको सिमाना त्रिवेणी देखि विद्युत उत्पादन गृह रहेको इल सम्मा कामको सुरु गर्न प्रक्रिया तर्फ लागिएको छ । भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भएपनि मुड्केचुला गाउँपालिकाका बिभिन्न ठाउँमा सडक लिन समस्य हुँदै आएको थियो । अब जलविद्युत आयोजनाले नै काममा सक्रियता जनाएपछि यहाँका सर्वसाधारणहरु खुसी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।
जुम्लाबाट मुड्केचुलातिरका केहि गाउँवस्तीमा सडकले गति लिएको भएपनि तल्लो भागमा सडक निर्माण रोकिएको अब तिब्रता पाउने भएको छ । त्रिवेणी जुम्ला सडक निर्माण पछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभइ जगदुल्ला हाइड्रो पावर निर्माणमा सहयोग पुग्ने जलविद्युत आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले जानकारी दिनुभयो ।
तत्कालिन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको संयोजकत्वमा आयोजनाका म्यानेजिङ डाइरेक्टर प्रकाश अधिकारी प्राजेक्टर म्यानेजर सञ्जय सापकोटा , वनमन्त्री बीरबहादुर शाही , भौतिक पुर्वधार तथा सहरी विकासमन्त्री पदम रोकायको बीचमा पटक पटक छलफल भएको थियो । यही ठाउँमा जगदुल्ला जलविद्युत आयोजना (ए) ८२ मेगावाटको लागि अध्ययनको काम जारी रहेको छ ।
यत्ता भेरी नदी माथी निर्माण हुन लागेको तल्लु स्थित पुल निर्माण छिटो भएमा यहाँ निर्माणका लागि सामग्री लिन समेत सहज हुने आयोजनाले बताएको छ ।










