कतै छैन पुल, कतै भने पुुलमाथि पुुल निर्माण

हुम्ला ः कतिपय स्थानमा आवश्यक भएको स्थानमा झोलुंगे पुुल निर्माण हुन नसकेको समयमा कतै भने पुुलमाथि पुुल निर्माण भएका छन्। मर्मत गरे हुुने खार्पुनाथ गाउँपालिका– ४ र ५ को सिमाना खार्पुको नल्नमा कर्णाली नदीमाथि पुुलमाथि पुुल निर्माण गरिएको हो।

पैदल यात्रुु बिरबहादुुर रावलले खार्पुको नल्नमा मर्मत गरेर पुुललाई राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था रहेको भए पनि नयाँ झोलुंगे पुल निर्माण गरिएको बताए।

जिर्ण भनिएको पुरानो उक्त झोलुंगे पुल पनि हाल सञ्चालनमै छ। सोही स्थानमा नयाँ झोलुंगेपुल निर्माण गरिएको बताउँदै दुुबै पुल प्रयोगमा आइरहेको छ।

एउटै स्थानमा दुुई वटा पुुल निर्माण भएकाले दोहोरो खर्च भएको छ। कतिपय आवश्यकता रहेका स्थानमा स्थानीयको माग भए पनि यस्ता पुुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ।

पुुल निर्माण गर्ने निकाय संघीय सरकारको झोलुुंगे पुुल निर्माण कार्यक्रमले मर्मत गरे हुने पुुरानो पुुललाई त्यो नगरी नयाँ पुुल निर्माण गरेको हो।

दुुवै पुल सञ्चालनमा आएको देख्दा पैदल यात्रुसमेत आश्चर्यमा पर्ने गरेको जानकारी दिँदै अर्का पैदल यात्रुु प्रेम रावलले विकासमा दोहोरोपना भनेको यही भएको बताए।

ऊ कर्णाली नदी भएका कारण पुुल नभई नहुने भए पनि मर्मत गर्न सकिने अवस्था रहेको भए पनि त्यो नगर्नु अनावश्यक विकास गर्ने प्रवृत्तिलाई नियन्त्रण हुन नसकेको हो। अब सो क्षेत्रमा पक्की मोटरेबल पुल पनि निर्माण हुँदै छ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले हालको जीर्ण पुुल ०६४ सालपछि निर्माण भए पनि कर्णाली करिडोरमा खार्पु खण्डको सडक निर्माणका क्रममा माथिबाट खसेका ढुंगाले क्षति पुर् याएपछि नयाँ पुुल निर्माण भएको बताए। पुलको एकातिर सामान्य क्षति पुगेको छ। उनले मर्मत गरे सञ्चालनमा ल्याउन सकिने अवस्था रहे पनि निर्माण गर्ने निकायले नयाँ पुुल बनाएको बताए।

उक्त स्थानमा भएको झोलुंगे पुुल माओवादी जनयुद्धमा काटिएको थियो। त्यसपछि ०६४ सालमा नयाँ झोलुंगेपुुल बनेको थियो।

कार्यक्रमले भने स्थानीयको मागअनुुसार नै नयाँ पुुल अघिल्लो आर्थिक वर्षमा निर्माण भएको जनाएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!