रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते

रुकुम पश्चिम ः रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार जिल्लाको आठबिसकोटबाट जिल्ला सदरमुकाम मुसिकोट आउँदै गरेको लु १ ज १५६९ नम्बरको यात्रुबहाक जिप बुधवार बेलुका मुसिकोट नगरपालिका १ सल्लेदेखि तल रहेको सतिपोले नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परेर आठबिसकोट नगरपालिका २ का १५ वर्षीय भूपाल थापा, सोही स्थानका ५० वर्षीया कमला बुढा, ३० बर्षीया रमिता थापा बोहरा र आठबिसकोट ३ का ९ वर्षीय अभिषेक बोहरा घाइते हुनुभएको छ ।



