संविधानलाई जुनि दिन शक्तिलाइ भोट !

हेमन्त केसी
जाजरकोट , १४ कात्तिक ः जुनि अर्थात जुर्क निपाने ! एउटा इतिहास बोकेको बस्ती । माओवादी जनयुद्धको बाल्य अवस्था देखि बर्तमान सम्मा मात्र नभई दुख वा सुखमा पनि हरेकले सम्झने नाम । जनयुद्धमा परिवर्तनका एजेण्डा निर्माण संर्घष र बलिदानी देखि शान्ति कालमा एक मुष्ट जीतको झण्डा गाडिएको लाल बस्ती जुनि ।

माओवादीका ठुला सैन्य कारबाही गर्दा कोरिने नक्साकन हुँदै जनयुद्धका नायकहरुलाई सुरक्षित रुपमा संरक्षण गर्ने भुमिको अर्को नाम जुनि हो । जुनिमा निर्माण गरिएका युद्ध अभ्यास कला अनि कौशलका डोबहरु अहिले पनि जिवित छन् । ति जिवित डोबहरुले अहिले पनि माओवादी आन्दोलन तल , माथी पर्न लागेको संकेत पाउन बित्तिकै सचेत मात्र गराउदैनन, सही मार्गमा लिनका लागि गाइड लाइनको भुमिका खेल्ने गर्दछन् ।

राजनीतिक परिर्तनका लागि यो बस्तीले गरेको योगदान कुनै सामान्य नजरअन्दाज गर्ने खालको छैन । एकै पटक २९ जना स्थानीयवासीलाई जन्त जाँदैँ गर्दा माओवादीको आरोपमा भालुुकइया लेकमा लाइन लगाएर तत्कालिन राज्यसत्ताले गोली बर्साएर मारेको इतिहास सम्झदा जुनिमा अहिले पनि आगो बल्छ । बाच्नेले इतिहास बनाउदैछन् , मृत्यु हुनेहरुले देखाएको बाटो अनि पाइला पाइलामा सचेतताको बल प्राप्त गरेर । यही बलिदानी मात्र नभइ जाजरकोटमा ३०० भन्दा बढीले जनयुद्धबाट व्यवस्था परिवर्तनका लागि सहिद भएका छन् । त्यही सहिदको सपना पुरा गर्न जाजरकोटी माटोले शक्तिबहादुर बस्नेतलाई जन्माएको हो ।

जाजरकोट भन्न बित्तिकै कुनै समय सिंहदरबारलाइ ज्वारो आउने गर्दथ्यो । शक्ति अर्थात सुरेश सिंह एउटा सामान्य किसान परिवारमा जन्मिएर बर्ग संर्घषको महान भूमिबाट जुनिको सपना मात्र नभइ भारी वर्ष पुरानो राज्य व्यवस्थाको जुनि फेर्न जनयुद्धमा होमिएर मृत्यु लाई साँची राख्दै अगाडी बढेर राज्यको नीति निर्माण तहमा पुग्ने अर्को नाम पनि हो । आज जुनिमा शक्ति पुग्नुभएको छ । जनता र जनयुद्ध अनि बलिदानी सँगै सिन्दुर पुछिएकी आमा र छोरा गुमाएकी काकीको सपना पुरा गर्न र सहस बटुल्न । उद्यारो कुरा होइन, गाउँ घरमा भएका विकास निर्माण र हुँदै गरेका कामको चर्चा अनि सहिद भएका आफन्तको सपना पुरा हुँदै गएको खास नासो लिएर ।

इतिहास सबैका हुदैनन, जसका इतिहास हुन्छन् उनीहरु हरेक परिवर्तनका हिस्सेदार हुन्छन् । त्यही परिवर्तनका हिस्सेदारी हुन जुनिबासी । जनयुद्धको समयमा जुनि बस्तीमा कम्युनको अभ्यास गरिएको थियो । फटाह , बदमासी गर्नेलाइ राख्ने श्रमशिविर थियो । गाउँमा जनबादी शिक्षा पढाइ हुन्थ्यो । बिकृति र बिसंगतीको नाम निसानै थिएन । थियो त , राज्य व्यवस्थाले वषौँ देखि ठक्दै आएको कथा बिरुद्धमा बिद्रोहको नारा अनि परिवर्तनका गर्न विश्वमा भएका अभ्यासको स्कुलिङ । सबैका इतिहास हुँदैनन, इतिहास भएपनि परिवर्तन र राज्य व्यवस्था परिवर्तत गर्ने लक्ष्य हुँदैन ।

न फोन , न त इन्टरनेट थियो नै तर पनि संसार भरीको ध्यान जुनिमा केन्द्रीत थियो । महिनामा दर्जनौ पटक जुनिमा राज्यको निसाना लाग्ने गथ्यो त्यो पनि बमबाढी गरी परिवर्तनकारीलाई हत्य गर्नको लागि । आज शान्ति कालमा जुनिले शक्तिको साथ खोजेको छ । अनि शक्तिलाई हात दिएको छ । माओवादी पार्टी नभइ एक आन्दोलन हो । त्यही आन्दोलनका हिस्सेदार जुनिबासी हुन् । आज त्यहाँका आमा, दिदी बैनी , दाजु भाइ र बाबाले जनताको छोरालाई परिवर्तनलाई संस्थागत गर्न फेरी मुठी उठाएका छन् । माओवादी आन्दोलनलाई बचाउन र थप उपलब्धीको खोजीमा जुनिले फेरी पनि भोटबाट परिवर्तनको झण्डा स्थापित गर्ने संकल्प गरेको बताएको छ । शडयन्त्रको जतीसुकै तानाबाँना बुनेपनि जुनिले त्यो सजिलै बुझछ र त्यसको जवाफ भोटले दिने प्रतिज्ञ गरिसकेको छ ।





error: Content is protected !!