शिवालयमा एमालेका एक दर्जनले गरे माओवादी प्रवेश

जाजरकोट ः जिल्लाको शिवालय गाउँपालिकामा एक दर्जन बढीले नेकपा (माओवादी केन्द्र ) प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गरी एक दर्जन भन्दा बढी कार्यकर्ताले माओवादी केन्द्र प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार पार्वती बिकले जानकारी दिईन् ।

नेकपा एमाले वाट पूर्व वडाध्यक्ष सहित अन्य एक दर्जन बढीले माओवादी केन्द्र प्रवेश गरेका हुन् । एमाले राम्रो काम नगरेको र देशको परिवर्तनकारी र विकासशील पार्टी माओवादी केन्द्र भएको भन्दै उनीहरुले प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं माओवादी केन्द्रका उपमहासिचव शक्तिबहादुर बस्नेतले स्वागत गरेका छन् ।





error: Content is protected !!