डोल्पामा एमाले एक्लै, नेकपा एकीकृत समाजवादीलाई गठबन्धनको साथ

डोल्पा ः प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको डोल्पामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी आमनेसामने भएका छन् । एमालेले तालमेल बिना नै गणेशबहादुर शाहीलाई एकल उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धनको साथमा धनबहादुर बुढालाई उम्मेदवार बनाएको छ ।

डोल्पामा राप्रपाबाट अंगदबहादुर बुढा, नेकपा मार्क्सवादी (पुष्पलाल) बाट हर्कबहादुर ठकुल्ला उम्मेदवार छन् । यहाँ वीरबहादुर राेकाय स्वतन्त्र उम्मेदवारी दिएका छन् ।





error: Content is protected !!