एउटै पालिकाबाट उम्मेदवार

सुर्खेत ः जाजरकोटमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा तर्फको उम्मेदवारहरु एकै पालिकाबाट उठ्दा रोचक भएको छ । प्रतिनिधिसभा सदस्याका लागि गठबन्धनका तर्फबाट साझा उम्मेदार नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले उम्मेदार दिएका छन् ।
उनी भेरी नगरपालिका १ कालेगाउँका स्थानीय हुन् । त्यस्तै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्य भेरी नगरपालिका ११ का जगतीपुरका स्थानीयबासी हुन् । त्यस्तै प्रदेशसभा क का उम्मेदवार ( गठबन्धन) वेदराज सिंह बारेकोट गाउँपालिका ८ का स्थानीय हुन् भने नेकपा एमालेको तर्फबाट क का उम्मेदवार डम्वरबहादुर सिंह समेत बारेकोट गाउँपालिका ५ का स्थानीय हुन् ।
एकै पालिकाबाट दुइ उम्मेदवार हुदा आफूहरुलाई मतदान गर्न समस्या भएको उनीहरुका आफन्तहरु बताउँछन् ।










