पहिरोमा परी चारको मृत्यु र तीनजना घाइते

हुम्ला ः एक सातादेखि परिरहेको अविरल वर्षाको कारण आइतबार राति पहिरोमा घर पुरिँदा चार जनाको मृृत्युु र तीन जना घाइते हुनुुभएको छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले चङ्खेली गाउँपालिका–६ को मासीधारा गाउँमा पहिरोले घर पुरिँदा एउटै परिवारमा चार जना सदस्यको मृत्युु र तीन जना घाइते भएको जानकारी दिनुभयो । मासिधाराको जनबाडा गाउँका देउच्या विकको घर पहिरोमा पुरिएको हो ।
घाइतेको उद्धारका लागि मेल्छाम र सर्केगार्ड प्रहरी घटनास्थल पुुगेर उद्धार गरी स्वास्थ्य चौकी लगिएको र राति अबेर भएको र पानी परिरहेको कारण घरमा चेपिएका शव निकाल्न नसकिएको र आज बिहानबाट प्रहरी र स्थानीयवासीको सहयोगमा शव निकाल्ने कार्य जारी रहेको उहाँले बताउनुुभयो ।
सदरमुुकाममा बत्ती, नेट र मोबाइल नेटवर्क नभएको कारण घटनाको बारेमा विवरण लिन पनि समस्या भएको उहाँले बताउनुुभयो । घटनास्थल सदरमुुकाम सिमकोटबाट दुुई दिन पैदल लाग्छ । हवाई उद्धारका लागि प्रयास गर्दा मौसमले साथ दिएको छैन ।



