इटहरी उपमहानगरका पूर्वमेयर चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

विराटनगर ः सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्।

चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताए। सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’ उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।





error: Content is protected !!