भेरीका किसानलाई आधा मूल्य अनुदानमा बीउ वितरण

जाजरकोट ः भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउहरू वितरण गरेको कृषी शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनुभयो ।

करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय बढी किसानलाई वितरण गरिने छ। स्याउली सेवा केन्द्र र खलंगाबाट उक्त बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।

उन्नत बीउ प्रयोग गरी उत्पादन बढाउन र तरकारी खेतीमा किसानलाई हौसला प्रदान गरी व्यवसायतर्फ उन्मुख गराउन बीउमा अनुदान दिएको अधिकारीले बताए। आलुको बीउमा ५० प्रतिशत अनुदान पाएपछि किसान उत्साहित भएका छन्।





error: Content is protected !!