‘स्वर्ण पदक’ जित्ने कर्णालीका चेली

सुर्खेत ः सम्मान समारोह कुनै चलचित्रको पुरस्कार समारोह दृश्यझै चकाचक थियो । ठूलाठूला–राम्रा घोडा, टलक्क टल्किएका तरवार समाएका पहरेदारसहितको रिसल्ला । दौरा सुरुवालमा सजिएका सुरक्षाकर्मीहरु ।
सन् १९९९ को समय थियो, नेपालका खेलाडीहरु तत्कालिन राजा वीरेन्द्र शाहबाट सम्मान ग्रहण गरिरहेका थिए, त्यो बेलाको प्रख्यात तक्मा, गोरखा दक्षिणबाहु । गोरखा दक्षिण बाहु नेपालको सेवाको लागि प्रदान गरिने एक प्रतिष्ठित विभूषण हो कुनैबेला ।
विगतमा श्री ५ द्वारा प्रदान गरिने यो विभूषण हाल राष्ट्रपतिद्वारा प्रदान गरिदै आइएको छ । यस उच्च पदकलाई देशको कला, साहित्य, खेलकुद्, विज्ञान र समाज सेवा जस्ता क्षेत्रमा महत्वूपूर्ण योगदान पु¥याएका नागरिकलाई प्रदान गरिन्छ ।
सुर्खेतका दुई खेलाडी तेजु गुरुङ्ग र सोना थापापनि सोहि पदकबाट सम्मानित भए । ‘हामी कुनै फिल्मका पात्रझै भएका थियौँ । क्रमैअनुसार खेलाडीहरु लाइनवद्व थिए । पालैपालो सबै खेलाडीलाई गोरखा दक्षिणबाहुले सम्मानित गरिएको थियो’, तेजुले अनुभव सुनाइन् ।
तत्कालिन श्री ५ को सरकारले उनीहरुसहितका खेलाडीहरुलाई गोरखा दक्षिणबाहुले सम्मानित गरेको थियो । तत्कालिन राजा वीरेन्द्र वीरविक्रम शाहदेवले खेलाडीहरु सबैलाई पदकसंगै धन्यवादपनि दिए ।
कहिल्यै राजालाई प्रत्यक्ष नदेखेका नेपाली खेलाडीहरुले दरबार भित्रै राजाकै सामु उपस्थित भएर पदक ग्रहण गर्दाको गर्वको बेग्लै अनुभूति महशुस गरे । वीरेन्द्रनगर–७ की तेजु गुरुङ्ग आफ्ना जेठा दाजुकै सहयोगमा खेलजगतमा प्रवेश गरेकी हुन् । दाजु–बहिनी नै खेलाडी । २०४५ सालमा घरका दाईसँगै उनले कराँते खेल्न सुरु गरेकी हुन् ।
वीरेन्द्रनगर–९ निवासी सोना थापा पनि २०५२ सालमा कराँतेमा प्रवेश गरेकी थिइन् । तत्कालिन शाही नेपाली सेनामा कार्यरत बुवाले पनि खेल क्षेत्रमा सोनालाई प्रवेश गराउन सहयोग गरे । खेल क्षेत्रमा महिलाको संख्या न्यून रहेको अवस्थामा परिवारको सहयोग पाएका यी दुई खेलाडीलाई खेलजगत अवसरको रुपमा आईदियो ।
जिल्लास्तरीय लगायतका प्रतियोगिताहरु हँुदै उनीहरुले वि।सं। २०५५ सालमा वृहत चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाए । प्रतियोगितामा उनीहरुको प्रर्दशनले आठौँ साफ खेलकुदमा नेपालका तर्फबाट समावेश हुने अवसर आईलाग्यो ।

सन् १९९९ मा सम्पन्न आठौँ साफ खेलकुदमा नेपालले दोस्रो स्थान हात पा¥र्यो । दशरथ रंगशालाको घरेलु मैदानमा आयोजित आठौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले कुल ६५ पदक जित्यो ।
३१ स्वर्ण, १० रजत, २४ काँस्य पदकले नेपाललाई पहिलो पटक खेलकुद जगतमा ऐतिहासिक सफलता दिलायो । प्रतियोगितामा तेजु र सोना करातेँ खेलतर्फबाट सहभागी थिए । कराँतेको टीम कातातर्फबाट नेपाललाई स्वर्णपदक जिताएका उनीहरु हाल सुर्खेतमा प्रशिक्षकको रुपमा सक्रिय छन् । बुवा यामबहादुर गुरुङ्ग र आमा भवी गुरुङ्गकी छोरी हुन्, तेजु गुरुङ्ग ।
बुवा धनबहादुर थापा र आमा नमिता थापाकी पहिलो सन्तान सोना थापाले खेल जगतमा वि।सं। २०५२ सालमा प्रवेश गरिन् । नेपालका लागि स्वर्ण पदक जिताउँदाको ऐतिहासिक क्षण नै उनीहरुको विशेष परिचय बनेको छ ।
हाडजोर्नी दुख्छ ः यसको एक चम्चाले सधैंको लागि दुखाई बिर्साउनेछ
नेपालको झण्डा बोकेर रंगशाला दौड्दाको अनुभव अविष्मरणीय रहेको गुरुङ्ग सम्झिन्छिन् । उनले भनिन्, ‘देशका लागि स्वर्ण ल्याएपछि नेपालको झण्डा बोकेर हामी दोडियौँ । तत्कालिन युवराजाधिराज दीपेन्द्र मञ्चबाट हात हल्लाउँदै हुनुहुन्थ्यो । हाम्रो शरिर पनि हलुका भएको थियो । उडिरहेका थियौँ । देशप्रेमको अनुभूति बेग्लै हुँदोरहेछ ।’
वि।सं। २०४५ सालमा तेजु गुरुङ्ग कराँते खेलमा सहभागी भईन् । वीरेन्द्रनगरमा रहेको जिल्ला खेलकुद विकास समिति, सुर्खेतको भवन नजिकै प्रशिक्षण दिइन्थ्यो । प्रशिक्षणमा सहभागी थिए ५० जना, त्यो पनि पुरुषहरु मात्रै । ५० जनाको भिडमा समावेश भएका थिए, दुई महिला ।
वीरेन्द्रनगरका सगुन बुढाथोकी र तेजु । उनी सम्झन्छिन्, ‘समाजले महिलालाई खेल जगतमा स्वीकारी सकेको अवस्था थिएन । हामी महिला भन्दा पनि पुरुषझै थियौँ । मेरो स्वभाव पनि अलि रिसाह झैँ थियो । त्यसैले पनि खेलकुदमा समावेश भएको हुँला ।’
पाँच दिदीबहिनी र एक दाजु भएकी तेजु उनका दाजुकै कारण खेल जगतमा उत्रेकी हुन् । ‘जेठा दाजु प्रकाश गुरुङ्गपनि कराँतेका खेलाडी हुन् । कराँतेमा मेरो केटाहरुसँगै नै स्वाइरिङ्ग पर्ने गथ्र्यो’, उनले भनिन् ।
खेल नै जीवन
चार भाईबहिनीमध्ये जेठी सन्तान थापाले खेल क्षेत्रमै जागिर गरिएला भन्ने सोचेकोसमेत थिइनन् । उनले भनिन्, ‘राष्ट्रलाई हाम्रो योगदानको कदर गर्दै हामीलाई खेल क्षेत्रमै रहन व्यवस्था मिलाइयो ।’ विभिन्न देशहरुमा खेलको प्रशिक्षण लिएका उनीहरुलाई तत्कालिन सरकारले खेल क्षेत्रमै जागिरको व्यवस्था गरिदियो । हालसम्म उनीहरु प्रशिक्षकका रुपमा सुर्खेतमा कार्यरत छन् ।
सशस्त्र युद्धका समयमा नेपालमा खेलजगत फष्टाउन पाएन । धेरै खेलाडीहरु पलायन भए । युद्धकै कारण स्थानीय स्तरमा खेलकुदका कार्यक्रमहरु प्रभावकारी हुन सकेनन् । खेलकुदका धेरै कार्यक्रम राजधानी मै सीमित रहे ।
तेजुले भनिन्, ‘हड्ताल, बन्दलगातका कार्यक्रमहरुले खेलजगतमा पनि अफ्ट्यारो पा¥र्यो । राजधानीमा रोकिएको खेलजगतले फेरी हामीलाई समावेश गर्न सकेन । हाम्रा खेलाडीहरुलाई अघि बढाउन सकेन ।’
वर्तमान समयमा प्रविधि तथा सहज पहुँचका कारण खेलजगतमा युवाहरुको अवस्था सुदृढ रहेको उनीहरुको भोगाई छ । नियमित रुपमा युवाहरुलाई प्रशिक्षण दिईरहेका उनीहरु खेलको भविष्यको बारेमा पनि चिन्तन गरिरहेकै छन् ।
तत्कालिन सामाजिक सोचमा महिलाहरुका लागि खेलको विकास थिएन । कलिलो उमेरमै खेलजगतमा प्रवेश गरेका तेजु र सोनाहरुका लागि हिंसा समाजमा मात्र विद्यमान थियो । सामाजिक सोचमा विद्यमान नै थियो ।
खेल गतिविधिमा उनीहरुले आपूmलाई थप बलियो बनाउने मौका पाए । तेजु भन्छिन्, ‘हामीमा अन्याय सहने भन्ने सोच थिएन । त्यसैले पनि हामीमाथि हिंसाका घटनाहरु हुन पाएनन् ।’ खेलजगत आत्मविश्वासले भरिएको उनको धारणा छ । उनी भन्छिन्, ‘कराँते खेल स्वरक्षाको खेल पनि हो । नकारात्मक सामाजिक हिंसा विरुद्व महिलाहरु आफैलाई बचाउन सक्छन् । त्यससँग लड्न सक्छन् ।’










