कर्णालीमा मतदान केन्द्रको संख्या १४०३

हेमन्त केसी
सुर्खेत , २ असोज ः मंसिर ३ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा १ हजार ४०३ मतदान केन्द्र कायम गरिएको छ ।
सबै भन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम गरिएको छ । सबै भन्दा कम हुम्लामा रहेको छ । सल्यानमा २०२ मतदाना केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्य ११७ रहेको छ । त्यस्तै डोल्पामा ६६ केन्द्र , ६६ स्स्थल रहेका छन् । मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ । जुम्लामा १०६ केन्द्र , स्थलको संख्या ८३ रहेको छ । कालिकोटमा १२३ केन्द्र रहेकामा स्थलको संख्या १०३ छन् । हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल , जाजरकोटमा १४२ केन्द्र रहेकामा ८८ स्थल , दैलेखमा २०७ केन्द्र रहेकामा १३९ स्थल रहेको निर्बाचन आयोगले जनाएको छ ।
त्यस्तै सुर्खेतमा २९३ केन्द्र रहेका छन् भने स्थलको संख्या १३९ रहेको छ । रुकुम पश्चिमा १३९ केन्द्रमा ७६ स्थल रहेका छन् । कर्णाली भरीमा मतदान स्थलको संख्या ९३३ र स्थलको संख्या १ हजार ४०३ रहेको छ । २४ वटा प्रदेशसभा निर्वाचिन क्षेत्र संख्य रहेको छ । प्रतिनिधिसभा क्षेत्र संख्या १२ रहेको छ । महिला र पुरुष गरेर १० लाख ८ हजार ३०४ यहाँको कुल मतदाता संख्या रहेको छ ।










