कांग्रेसले सिफारिस गर्र्यो जम्वो उम्मेदवार

सुर्खेत ः कर्णाली प्रदेशको सुर्खेत , कालिकोट र जुम्लामा जम्वो उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेश सभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुइ प्रदेशसभाको सिट रहेको छ । त्यस्तै जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुइ प्रदेशसभा रहेको छ । सबै भन्दा बढी जनसंख्य रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । सुर्खेतमा प्रतिनिधिसभा २ र प्रदेशसभा ४ वटा सिट रहेका छन् । सिफारिस भएकाहरु टिकट आफ्नो हातमा पार्नका लागि ठुला नेताहरुको घरदैलो र पार्टी कार्यालयमा भेटनेको ठुलो भिड रहेको छ ।








