सिट बाँडफाँडको झमेलाले सुर्खेत आएनन प्रचण्ड

सुर्खेत ः पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।
सिटबाँडफाँडमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि आज प्रचण्डलाइ नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । भोली एक घण्टाको समय भएपनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए ।
 १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनबर्गीय संगठनका केन्द्रीय सदस्य , प्रदेश सदस्य लगाएतलाइ सुर्खेत आज हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर वस्नेत , जनार्दन शर्मा भने सहभागी हुने छन् । आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्रि आकलन देखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ ।
चुनावको मुखैमा मन्त्री फेरवदलले माओवादी वृतमा ठुलो हचचल ल्याएको छ ।  हिजो मात्र नेकपा ( एकीकृत समाजवादी) का समानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिदै गर्दा कर्णाालीमा राजनीतिक सहगर्मी बढीरहेको छ ।




error: Content is protected !!