पहिरोमा परि तीन जना वेपत्ता

सुर्खेत ः रुकुमपश्चिमको आठबीसकोट –१४ पिपलचौरमा पहिरोमा परेर जाजरकोटका तीन् जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा जाजरकोट भेरी नगरपालिका–१ मैदेका आमा बालमति राना र छोरीहरु तिर्शना राना र प्रतिक्षा राना रहेको प्रहरीले जनाएको छ ।

वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी शोविता विश्वकर्माका अनुसार नलगाड देखि पिपे आउने क्रममा पिपलचौरमा बाँके खोला तरेर अर्को खण्डमा आउदै गर्दा पहिरोमा परि आमा ,छोरी वेपत्ता भएकी हुन् ।





error: Content is protected !!