सल्यानमा एउटै विद्यालयका सयभन्दा बढी विद्यार्थी बिरामी

सल्यान /  सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२, निगालचुलास्थित सिद्धेश्वरी माविका सयभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । विद्यार्थीलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्नेलगायतका लक्षण देखिए पनि विद्यालय बन्द गरिएको छैन ।

बिरामीमध्ये धेरैमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको छ । विद्यालय आएका विद्यार्थी दैनिकजसो बिरामी पर्न थालेपछि समस्या भएको प्रधानाध्यापक थमनबहादुर केसीले बताए । एक जना शिक्षकलाई कोरोना देखिएको समेत उनले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलसहितको टोली स्वास्थ्य परीक्षणका लागि आइपुगेको प्रधानाध्यापक केसीले बताए । विद्यालयमा बिरामी परेका अभिभावकलाई समेत परीक्षणका लागि बोलाइएको छ ।





error: Content is protected !!