चौरजहारीको उर्वर जमिन अधिग्रहण न घडेरी, न अन्नपात

रुकुम पश्चिम ः रुकुमपश्चिममा रहेको नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन बाँझै रहेको छ । टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भने पछि यहाँको ५८० रो पनी खेतीयोग्य जग्गा बाँझै रहेको हो ।
नयाँ सहर आयोजना अन्तर्गत चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो । नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरि सक्नुपर्ने डीपीआर जिम्मे वार निकायको ढिलासुस्तीका कारण हुन नसकेको जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको अर्वान प्लानिङ कन्सल्टेन्ट’ ले असार मै डीपीआर गरेर काम सुरु हुने योजना रहेको बताए पनि किसानलाई यस पटक खेती नगर्न सूचना गरेकाले खेतीयो ग्य जमिन यस पटक बाँझै रहेको आयो जना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका निमित्त आयो जना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको लाइनिङ’को काममा गाइड’ नगरि दिँदा प्लटिङको काम हुन नसके र जग्गा बाँझै रहेको बताउनुभयो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष छ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ । यस विषयमा अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताउनुभयो ।
सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयो जना कार्यालयलाई बुझाइसके को जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्नमात्र बाँकी रहेको उल्लेख गर्नुभयो । यहाँका ९५९ घरधुरीले टाउन प्लानिङ’ का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् ।
चौरजहारी नगर पालिका–१, घारीगाउँका भद्रलाल शर्माले घडेरीको काम सुरु हुने भएकाले खेती नगरेको बताउनुभयो । उहाँले भन्नुभयो , “नघडेरीको काम सुरु भयो न त खेती गर्न पायौ ँ, जमिन बाँझै रह्यो ।” सो ही वडाको नाखिरागाउँकी सीता गिरीले धान र मकै रोप्ने याममा रोप्न नदिएपछि जमिन बाँझै रहेको जनाउनुभयो । सबै गाउँले को जमिन बाँझै रहेकाले यस पटक धान र मकै अभाव हुन सक्ने उहाँको बुझाइ छ ।
आठ वर्षसम्म ढिलासुस्ती २०७२ सालमा नयाँ सहर आयो जनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयो जनाले सुस्ती गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयो जना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ ।
यस वर्ष सडक कालो पत्रे , सभाहल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ । डीपीआर को ढिलाइ, विभागमा कर्मचारीको सरुवा, कानुनी प्रक्रिया, सरकार ले विगतमा जग्गाको कित्ताकाट रोक्न गरेको निर्णयलगायतका कारण नयाँ सहर आयो जनाको काममा ढिलाइ भइरहेको आयोजना कार्यालयले जनाएको छ ।










