विरामी पशुको उपचारका लागि चिकित्सक परिचालन

जाजरकोट / चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपाया बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ।

बारेकोट गाउँपालिकाका स्थानीयबासीका पशु चौपाया बिरामी भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो।

गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले वडा नम्बर ४ मा रहेका विभिन्न पाटनमा पशुचौपाया बिरामी भएपछि पशु चिकित्सक परिचालन गरेको जानकारी दिए।

वर्षायाममा स्थानीय घाँस हुर्काएर हिउँदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षायाममा बारेकोट गाउँपालिकाका पशुचौपाया पाटन क्षेत्रमा बस्ने गरेका छन्। घाँस नखाने, मुख सुन्निने, लगाययसमस्य पशुचौपायमा देखिएको बारेकोट –५ पाखाका प्रेम शाहीले जानकारी दिए।

वर्षायाममा पाटन क्षेत्रमा हिउँ नहुने भएकाले पर्याप्त घाँस हुन्छ। त्यसैले पशुपालक गाईभैँसी ,गोरु, घोडा,र भेडाबाख्रा पाटन क्षेत्रमा लिएर जाने गरेका छन्।





error: Content is protected !!