माओवादीमा देव गुरुङ महासचिव, को को परे पदाधिकारीमा (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन्

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा वर्षमान पुन, शक्ति बस्नेत ,पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, मात्रिका यादव र हरिबोल गजुरेल छन् । यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव प्रस्ताव गरिएको छ ।





error: Content is protected !!