विधेयक पारितको माग गर्दै सर्वसाधारण सहित सांसद नरेश भण्डारी सडकमा

सुर्खेत ः सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले तीन वटा शिक्षा सम्वन्धी गैरसरकारी विधेयक फेल गराउन खोजेको भन्दै सर्वसाधारण सहित प्रदेशसभा अगाडी अन्दोलनमा उत्रिएका छन् ।

आफैले प्रदेशसभामा दर्ता गराएको पर्वतीय विश्वविद्यालय र अन्य दुई वटा गैरसरकारी विधेयक पारित नगर्ने स्थिति देखिएको भन्दै सडकमा आएको आन्दोलनरत पक्षको दावी छ । भण्डारीले ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’ र ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक’ दर्ता गराएका छन् । सरकारको मनसाय ती विधेयक पारित नै नगरी बीचमै अलपत्र पार्ने भएको योजना रहेको आरोप लगाउदै आजको प्रदेशसभाको बैठकमा समेत धारणा राखेका छन् ।

आन्दोलनलाइ सर्वसाधारणले पुरै पुरै साथ दिएको पाइएको छ । पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको आन्दोलनरत पक्षको आरोप छ ।
भण्डारीले यसअघि पनि उल्लेखित विधेयक पास नगरेको खण्डमा सरकारको विपक्षमा उभिने बताइसकेको थिए । उनले भने, ‘विधेयक पारित गर्ने संवैधानिक, कानुनी र प्रक्रियागत मार्ग अबरुद्ध पारिन्छ भने निर्मम संघर्ष बाहेक अरु विकल्प रहने छैन ।’ सांसद भण्डारीले पहिलो पटक गैर सरकारी विधेयक दर्ता गराएका थिए ।

गत असोजमा उनले ‘सिँजा सभ्यता विकास तथा संरक्षण विधेयक ०७८’ दर्ता गराएका थिए । भण्डारीले दबाब मुलक कार्यक्रम गरेपछि प्रदेशसभा भवन अगाडिको वातावरण तनावग्रस्त बनेको छ । सम्भावित घटना रोक्न संसद भवन अगाडि कडा सुरक्षा व्यवस्था मिलाइएको छ । सर्वसाधाणले सरकारको चर्को विरोध गर्दै आन्दोलन जारी राखेका छन् ।





error: Content is protected !!