माओवादी नेता शक्ति वस्नेतको माग ः कर्णालीमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी , भौतिक पूर्वाधार हुनुपर्ने

सुर्खेत ः दशैभरी शिक्षकको दरबन्दी मिलान गर्न नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर वस्नेतले माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता वस्नेतले शिक्षा क्षेत्रमा कम बजेट बजेट विनियोजन भएको र बिनियोजन भएको पनि सही रुपमा लगानी नभएको बताउनुभयो ।
शिक्षक धेरै भएको ठाउँमा विद्यार्थी कम , विद्यार्थी धेरै भएको ठाउँमा शिक्षक कम हुँदा शिक्षामा गुणस्तर आउन नसकेको भन्दै उहाँले देशैभरी दरबन्दी मिलान गर्न माग गर्नुभएको छ । कर्णालीमा सबै भन्दा बढी समस्य भएको भन्दै नेता वस्नेतले राज्यले ध्यान दिनुपर्ने माग गर्नुभयो ।
कर्णालीमा एक विद्यार्थी बराबर ५६ विद्यार्थी रहेको र अन्य प्रदेशमा १ विद्यार्थी बराबर १६ जना विद्यार्थी रहेको डाटा प्रस्तुत गर्दै उहाँले देशैभरीको शिक्षक दरबन्दी मिलान गर्न आग्रह गर्नुभयो । विद्यार्थी पढ्नका लागि भवन प्रयाप्त नहुँदा खुल्ला आकाशमा बसेर पढ्न बाध्य भएको पीडा सुनाउदै सवै तहका विद्यालयको भौतिक संरचनामा ध्यान दिन समेत माग गर्नुभयो ।










