कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौं ल्याइयो

काठमाडौं ः कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् ।

बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए । दुई दिनअघि समस्या बढेपछि कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।





error: Content is protected !!