कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि

सुर्खेत ः कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।

हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने आधार तयार गर्नका लागि १० वटै जिल्लामा कार्यक्रम अगाडि बढिरहेको चर्चा गर्दै उनले मलको समस्या कर्णालीको मात्र समस्या नभई सबैतिरको समस्या रहेको बताए । ‘कृषकका अन्य समस्या पनि छन् । हामी ती समस्या समाधान गर्न गम्भीर छौं,’ उनले भने ।





error: Content is protected !!