जगदुल्ला जलविद्युत आयोजना स्थलमा सडकको विषयमा मन्त्री स्तरिय छलफल

सुर्खेत , डोल्पामा रहेको जलदुल्ला जलविद्युत आयोजना ( १०७ मेघावाट) स्थलमा सडक निर्माण गर्नका लागि देखिएको समस्या फुकाउनका लागि सहमति भएको छ ।
जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा भएको छलफलमा उक्त सहमति भएको हो । उक्त छलफलमा कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह , भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाय , उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) जगदुल्ला जलविद्युत कम्पनीका प्रवन्ध निर्देशक प्रकाश अधिकारी , परियोजना प्रबन्धक सञ्जय सापकोटाका अधिकारीहरुको बीचमा छलफल भएपछि सडक निर्माणमा देखिएको गाँठो फुकेको हो । सडक निर्माण गर्दा आइ इइ नभएको भनि समस्य आएपछि उक्त काम गर्न हप्ता दिन भित्र टुंगो लगाउन लागि सहमति भएको मन्त्री सिंहले बताउनुभयो ।

त्यस्तै उद्योग पर्यटन वन तथा वातावरणले सडक खन्दा हुने समस्यालाइ सहजिकरण गर्नका लागि सहमत भएको मन्त्री छिरीङ डम्डुल लामाले बताउनुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास कार्यालय डोल्पाबाट सडक निर्माणका लागि ठेक्का लागेको छ । त्रिवेणी स्थित भेरी नदीमा पुल निर्माण गर्न आयोजनाले नै ठेक्का लगाएको छ । आफ्नो मन्त्रालय अन्तरर्गत हुने सम्पुर्ण कामहरु छिटो भन्दा छिटो हल गर्ने मन्त्री रोकायले बताउनुभयो ।
आयोजना लाइ छिटो भन्दा छिटो काम गर्नका लागि बाटो अवरोधका रुपमा रहेको छ । जाजरकोट – डोल्पा सडक खण्डको त्रिवेणीबाट आयोजना स्थलमा सडक लिनका लागि ९२० मिटर लामो भिर फोड्न विस्फोटन पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि आइ इइ रिर्पोट आवश्यक पर्ने भएकाले त्यसका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सहयोग गर्ने सहमति भएको छ ।
हेमन्त केसी








