नलगाडले पुरुष विधुर भत्ता दिने

नन्दा शाही

जाजरकाेट  /  नलगाड नगरपालिकाले ६० वर्ष माथीका विधुर पुरुषलाइ भत्ता दिने निर्णय गरेको छ । आजको कार्यपालिकाको बैठकबाट यो निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । आगामी आर्थिक वर्ष देखि त्यो लागू हुने छ ।

पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ। जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ। अहिले एकल महिला संगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजानिक भएका छन् । एकल पुरुषका समस्या बुझेर विधुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्वर रावतले बताउनुभयो ।

नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो वैठकले सो निर्णय गरेको थियो । त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाइ निशुल्क रुपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ । नगरपालिकाको एम्वुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीका लागि निशुल्क रुपमा प्रयोग हुने भएको हो ।

आर्थिक अभावकै कारण धेरै महिलाहरुले सुत्केरी हुन नसकेर समस्य भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताउनुभयो ।





error: Content is protected !!