प्रहरीद्धारा गाउँ गाउँमा लागू औषध विरुद्ध सचेतना कार्यक्रम

जाजरकोट , ९ असार ः प्रहरीले जाजरकोटका सवै पालिकामा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँहरुमा समेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौंलाले बताउनुभयो । छुवाछुत विरुद्ध अभियान समेत सञ्चालन गरेको प्रहरीले सँगै लागु औषध विरुद्ध पनि कार्यक्रमहरु सुरु गरेको हो ।


कुशे गाउँपालिका –७ समाकोट स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा लागुऔषध ओसारपसार बिरुद्ध सचेतना मुलक कार्यक्रम सुरु गरिएको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका रहेका छन् । सात पालिकामा झण्डै ४५१ भन्दा बढी विद्यालय रहेका छन् । लागु औषधको विक्री ,वितरण लगाएका विषय समस्यकै रुप लिएपछि प्रहरीले अभियानको सञ्चालन गरेको हो । बालविवाह रोक्नका लागि ब्रहमणलाइ जन्म मिति हेरेर मात्र विवाह गराउने कार्य गर्न सहमति गराएको प्रहरीले बिभिन्न विकृती जन्य कुरालाइ समेत कडाइका साथ लिएको बताएको छ ।


विद्यालय उमेरका बालबालिकाहरुलाइ सचेतना जगाउन सके मात्र धेरै समस्यहरु हल हुने प्रहरीको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिहरुसँग मिलेर प्रहरीले आफ्नो अभियानलाइ तिव्रता दिएको छ । जुवातास जस्ता समाजमा विकृती फैलाउने कुरालाइ समेत निगरानी गरेको प्रहरीले पछिल्लो समय भारी मात्रामा जनपक्षिय काम गर्दै लिएको स्थानीयबासीहरु बताउँछन् । त्यस्तै कुशे गाँउपालिका वडा नं ८ को विजुलीडाँडा र वडा नं. ९ को पैंक जोड्ने स्थानीय पैंक खोलामा पुल समेत प्रहरीकै सक्रियतामा निर्माण गरिएको छ ।


खोला तर्नका लागि स्थानीयबासीलाइ समस्य भएपछि प्रहरीकै सक्रियतामा पुल निर्माण गरिएको थियो । सवारी साधन जथाभावी चलाएर दुर्घटना पर्न सक्ने भन्दै जिल्ला भित्र चल्ने सवारी साधनमा टाइम कार्ड समेत लागू गरिएको प्रहरीले जनाएको छ । जनतासँग जोडिएर प्रहरीले सामाजिक सेवा मात्र होइन , विकृती विरुद्ध अभियान समेत चलाउने काम गरिरहेको नागरिक समाजका अगुवा हरिबहादुर सिंहले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!