जिल्ला प्रहरी कार्यालय नजिकै जबर्जस्ती करणीको प्रयास, एक युवक पक्राउ

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा जवरजस्ती करणीको प्रसास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर १ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुल नजिकै एक महिलालाई जवरजस्ती करणीको प्रयास गर्ने दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ का ३० वर्षीय रामबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि नजिकै छ । आइतबार साँझ काम सकेर घर फर्कदै गरेकी महिलालाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा ओलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनका अनुसार ओलीमाथि जवर्जस्ती करणी उद्योगमा जाहेरी दरखास्त दर्ता भएको छ । साथै सोमबार जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी सोतीले बताए । जबर्जस्ती करणीको प्रयास गरेको र आफुलाई पुलबाट खसाउने प्रयास समेत गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थाहा पाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।





error: Content is protected !!