सल्यान जिल्लाभरिमा दुई मात्र महिला वडाध्यक्ष

सल्यान ः स्थानीय तह निर्वाचनमा सल्यानबाट दुई महिला मात्र प्रमुख पदमा निर्वाचित भएका छन्। १० पालिका र ८३ वडा रहेको सल्यानमा दुई महिला मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन्।

पालिका प्रमुखमा उम्मेदवार नबनाएका राजनीतिक दलले वडामा समेत महिलालाई प्रमुख पदको उम्मेदवार बनाइएन।

माओवादी केन्द्रले दार्मा गाउँपालिका ६ मा देवी केसी, नेपाली कांग्रेसले शारदा नगरपालिका ३ मा तुल्सा भण्डारी ,राप्रपाले शारदा ३ मा इन्द्रा भण्डारी र विप्लव नेतृत्वको नेकपाले बागचौर नगरपालिका ८ मा हेमन्ता बुढाथोकीलाई उम्मेदवार बनाउनेबाहेक अन्य कुनै पनि वडामा महिलालाई प्रमुख पद दिइएन।

गठबन्धनको नाममा पालिका उपाध्यक्षमा महिलालाई हटाएर पुरुषलाई उम्मेदवार बनाइयो। चारजना उम्मेदवार बनेकोमा दुईजना दार्मा गाउँपालिका ६ मा देवी केसी र शारदा नगरपालिका ३ मा तुलसा भण्डारी मात्र निर्वाचित हुन सके। संविधानले प्रमुख वा उपप्रमुखमा अनिवार्य महिला उल्लेख गरे पनि महिलाहरुलाई उपप्रमुखमा मात्र सीमित गरिएको महिला नेतृहरूको भनाइ छ।

महिलालाई कमजोर सोच्ने पुरुषवादी सोचले गर्दा महिला पछि परी रहेको शारदा नगरपालिकाको निवर्तमान उपमेयर सावित्रा बस्नेतले बताइन्। पुरुषवादी सोचको अन्त्य नभएसम्म महिलाले प्रमुख पद पाउन नसक्ने उनको भनाइ छ।





error: Content is protected !!