हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत , ६ जेठ ः १६९५ भोट ल्याएर हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्दका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ११७१ भोट ल्याएर पराजित भएका छन् ।
यो पालिकामा माओवादी केन्द्र र कांगेसबीच तालमेल थियो । कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन ५२३ भोटले प्रतिद्धन्द्धीलाइ हराउदै विजय भए ।
उपाध्यक्षमा भने एकीकत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन् । १९९ मतातन्तरले शाही विजयी भएकी हुन् । उनले १३७२ मत ल्याइन् भने कांग्रेसकी मैना बुढाले ११७३ मत पाइन् ।
माओवादी केन्द्रकै गड मानिएको चंखेली गाउँपालिका स्वतन्त्र उम्मेदवार विजयी भए । ताँजाकोट, नाम्खा, सिमकोटमा भने माओवादी केन्द्र अध्यक्षमा विजयी भयो । अदानचुली, सर्केगाड र खार्पुनाथमा उपाध्यक्षमा चित बुझायो ।
यस्तै कांग्रेसले अदानचुली, सर्केगाड, खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा जितेको छ । ताँजाकोट,सिमकोट र नाम्खामा उपाध्यक्ष जितेकै छ । हुम्लामा एमाले पनि शून्य भएको छ ।










