रुकुम पश्चिका दुइ पालिक काँग्रेसको हातमा

रुकुम पश्चिम ः नेकपा (माओवादी केन्द्र) को गढ मानिएको रुकुम पश्चिममा दुइ पालिकामा कांग्रेस विजयी भएको छ ।
आज मात्र मत परिणाम सार्वजनिक भए अनुसार मुसीकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले ६ हजार ९१४ भोट ल्याएर माओवादीका मेयरका उम्मेदवार बसन्तकुमार शर्माले ६हजार ९ सय १ भोट भोट ल्याएर पराजित भए । यो अर्थमन्त्री जनार्दन शर्माको पालिका हो ।
यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।
मुसिकोटामाम एमाले–काँग्रेस भर्सेस माओवादी–समाजवादीको गठबन्धन थियो । एमाले–काँग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् ।
१४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा काँग्रेसले जितेको छ । अर्थमन्त्री शर्माले आफ्नै वडा समेत हार ब्यहोर्नु परेको छ । त्यस्तै बाफीकोट गाउँपालिकामा समेत नेपाली कांग्रेस नै जित हात पारेको छ ।
यत्ता नेकपा ( माओवादी केन्द्र) रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले बल प्रयोग र धाँधली गरेर मुसिकोट नगरपालिका–१४ का ४४ वटा मत गणना प्रक्रियाबाटै बाहिर राखी जम्मा १३ मतान्तरले नगर प्रमुखमा काँग्रेस–एमाले गठबन्धनको जित घोषणा गरियो । यसप्रति हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको गंभीर असहमति रहेको छ भनेर प्रतिक्रिया दिएका छन् ।










