बारेकोटको सामाजिक एकता हाम्रो बल हो ,यहि बलमा अगाडि बड्नु हाम्रो कर्तब्य-अध्यक्ष गिरी

जाजरकोट ः बारेकोट गाउँपालिकाका नवनिर्बाचित गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी लेख्छन् ।
आदरणीय बारेकोटबासी आमा बुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दछु । मलाई गाउँपालिकाको अध्यक्ष पदमा निर्बाचित गराउनु भएकोमा । तपाईंहरुको अमुल्य माया, बिश्वास र भरोसा बाकेर निरन्तर अगाडि बडीरहने छु । सम्बृद्ध बारेकोट निर्माणको यात्रा आरम्भ गर्ने मेरो सपना अनुमोदन गर्न सहयोग, सहकार्य गर्ने सदभाब राख्ने र शुभेच्छा प्रकट गर्ने सबै प्रती आभारी छु । चुनाब एउटा प्रक्रिया हो यो प्रक्रियामा सहभागी सबै साथीहरूलाई विशेष धन्यबाद छ । हामीले प्रक्रिया पुरा गरेका छौ , अब बारेकोटको बिकास र सम्बृद्धिमा हामी सबै संगै हुने छौ , यो चुनाबि परिणाम हामी सबै बारेकोटबासीको साझा हो । तसर्थ बारेकोटको सामाजिक एकता हाम्रो बल हो यहि बलमा अगाडि बड्नु हाम्रो कर्तब्य हुनेछ ।





error: Content is protected !!