राजनीतिक व्यवस्था नयाँ , आर्थिक व्यवस्था पुरानो हुँदा समस्य भयो ः नेता बस्नेत

काठमाडौँ ः राजनीतिक व्यवस्था परिवर्तनसँगै नयाँ आर्थिक व्यवस्था निर्माण गरिनुपर्ने माओवादी नेता शक्तिबहादुर बस्नेतले बताएका छन् । जनतलाइ निष्कृया बनाउदै लिने तर आर्थिक विकासका संवाहक जनता हुन भन्ने कुरामा ध्यान नदिन समस्य हुँदै आएको नेता बस्नेतले बताए ।
राज्य र निजी क्षेत्र र सहकारीलाइ सँगै लिएपनि जनताको भूमिकासँगै नलिदा तोकिएको विकास लक्ष्यमा पुग्न नसकिने उनले बताए । नयाँ आर्थिक व्यवस्था लागु गर्न हाम्रा कार्यशैली समेत नयाँ हुनुपर्ने उनले बताए । राज्य , निजी क्षेत्र र समुदाय एउटै भनिएपनि त्यो वास्तविक मान्न नसकिने उनले बताए ।
२०१३ सालमा देखि साल देखि योजनाबद्ध विकासका कुरा गदै आएपनि कर्णालीको हुम्लामा पुर्वाधार विकासका लागि ५ वर्ष देखि मात्र विकासको छलफल भएको छ , यो सन्तुलित विकास भएको हो त ?










