सानीभेरीमा माओवादीले जीत्याे

सुर्खेत , २ जेठ ः नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाइ परास्त गदै नेकपा ( माओवादी केन्द्र) रुकुम पश्चिमले पालिकामा खाता खोलेको छ । सानीभेरी गाउँपालिकाबाट पालिका जितेर खाता खोलेको हो ।
अध्यक्षमा विर्खबहादुर विष्ट ले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भए भने काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएर पराजित भए । उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोकाले ५ हजार ९५८ मत ल्याएर विजय भएकी छिन् । उपाध्यक्षमा नेकपा एमालेबाट प्रकाश खड्काले ३४२० भोट ल्याएर पराजित भएका छन् ।








