डोल्पाको ठुलिभेरीमा कांग्रेसको जीत

डाेल्पा  , २ जेठ ः डोल्पाको मुटु मानिएको सदरमुकाममा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढाले प्रमुखमा १२८६ भोट ल्याएर जित हात पारेका छन् ।

यहाँका प्रतिद्धन्द्धी एसका कर्णबहादुर राेकायले ९४५ भोट ल्याएर पराजित भए । उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले ८४८ भोट ल्याएर विजय भएका छन् । यहाँको प्रतिद्धन्द्धी ६८६ भोट ल्याएर पराजित भए ।

११ वडा रहेको ठुलिभेरीमा वडा नम्वर १ मा नेपाली कांग्रेसका तेजेन्द्र रोकया , २ मा नेकपा ( माओवादी केन्द्र) का कमल क्षत्री , वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी , वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा , वडा नम्वर ५ मा काग्रेसकै भीमबहादुर रोकाय , वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की , वडा नम्वर ७ मा एमालेका ध्रुब विक्रम शाही , वडा नम्वर ८ मा नेकपा ( एकीकृत समाजबादी) का मनराज ठकुल्ला , वडा नम्वर ९ मा कांग्रेसकै सुवास कठायत , वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत र वडा नम्वर ११ मा एकीकृत समाजबादीका भद्र कार्की अध्यक्षमा निर्बाचित भएका छन् ।





error: Content is protected !!