दोस्रो पटक एमाले, कांग्रेस र एसको संयुक्त उम्मेदवारलाइ पाखा लगाएर मुड्केचुलामा माओवादीको जित


जाजरकोट / डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन्। उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाय विजयी भइन्।
९ वटा वडाहरुमा मध्य ८ वटा वडाहरुमा माओवादीले जित निकाल्यो। माओवादीले १,२,३,४,५, ७,८ र ९ मा जित हाल पारेको छ। वडा नम्बर ६ मा भने एमालेले जितेको छ। अध्यक्षमा शाहीले १४०४ भोट ल्याएर विजय भए। पराजित भएका नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायले १३६७ भोट पाए।
त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मेदवार रोकायले १४५८ भोट ल्याएर विजयी भइन्। अघिल्लो पटककी उपाध्यक्ष भएकी नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १२९८ भोट ल्याएर पराजित भइन।
अघिल्लो पटक अध्यक्ष माओवादी र उपाध्यक्ष नेकपा एमालेले जित हात पारेको थियो। भोट ल्याएर पराजित हुनुभयो । अघिल्लो पटक अध्यक्ष माओवादी र उपाध्यक्ष नेकपा एमालले जित हात पारेको थियो ।








