मुड्केचुलामा माओवादीको जित

जाजरकोट , २ जेठ ः ९ वटा वडाहरुमा मध्य ८ वटा वडाहरुमा भारी जित सहित मुड्केचुला गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा ( माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्बाचित भएका छन् ।
उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाय विजयी हुनुभएको छ । माओवादीले २,३,४,५,६,७,८ र ९ मा जित हाल पारेको छ । अध्यक्षमा शाहीले १३०९ भोट ल्याएर विजय हुनुभयो । पराजित हुनुभएका नेकपा एमाले , नेपाली कांग्रेस र एसका संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १२०७ भोट ल्याउनु भयो ।
त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मेदवार रोकायले १३३६ भोट ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी (अघिल्लो पटककी उपाध्यक्ष भएकी) नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले ११६५ भोट ल्याएर पराजित हुनुभयो । अघिल्लो पटक अध्यक्ष माओवादी र उपाध्यक्ष नेकपा एमालले जित हात पारेको थियो ।








