कुशे गाउँपालिका–२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मानबहादुर सिंह निर्वाचित

जाजरकोट , १ जेठ ः जाजरकोटको कुशे गाउँपालिका –२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मानबहादुर सिंह विजयी भएका छन् । उहाँले ४४८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिचन्द्र जैशीलाई पछि पार्दै उहाँ विजयी भएका हुन् ।
जैशीले २८५ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेस बाट वडाध्यक्षका उम्मेदवार जनकराज शाहीले २७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मत बदर भएका छन् ।







