सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ

सुर्खेत , २९ वैशाख ः मौन अवधिमा भोट किन्न पैसा बाँडेको आरोप लागेपछि गएराती सुर्खेत गुर्भाकोट नगरपालिका ११ वडाध्यक्षका उम्मेदवार राजन विसीलाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भोटका लागि पैसा बाँड्दै गरेको सूचना आएपछि प्रहरीले छापा हान्दा बिसी पक्राउ परेको सुर्खेत प्रहरीले बताएको छ । एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेको उम्मेदवार विसीलाइ मेहलकुना स्थित प्रहरी चौकीमा राखि अहिले जिल्ला निर्बाचन कार्यालयको जिम्मा लगाएको छ ।






