पानी नपर्दा मकै रोप्न समस्य

जाजरकोट ,आकाशे पानिको भरमा लगाउने मकै बालि पानी नपर्दा जाजरकोट ,रुकुम पश्चिम र डोल्पाका कृषकहरु समस्या परेका छन् । सिचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकै खेति गर्दै आएका कृषकहरु बैशाख को अन्तिममा पुगिसक्दा पानी नपर्दा मकै रोप्न नपाएका हुन् ।

पहाडी भुभागका साथै भिरालो जमिन भएका कारण नहरको पानिले सिचाइ गर्न मुस्लिक छ । पाइपमा पानी लिएर मात्र सिचाइ गर्न सकिने भएपनि पाइपको अभावमा सिचाइ गर्न नसकिएको नलगाड ८ का शेरबहादुर खत्रीले बताए । बैशाख महिनामा मकै रोप्न नसके उत्पादनमा भारि गिरावट आउने गर्दछ । केहि हुने खाने स्थानीय बासिन्दाले सिचाइ गरेर मकै रोपेपनि ७० प्रतिशत कृषकको खेतबारी बाझिएको खत्रीले बताए १ त्यस्तै खेतहरुमा धानको ब्याड राख्ने समय सुरु भएपनि पानिकै अभावमा सो काम प्रभावित भएको छ ।

स्थानीय तहको चुनाव आउन दुई दिन बाकी रहेपनि कृषक हरु खेतबारी बाझिएको विषयमा चिन्तित भएका हुन् । पानिका लागि देवी देउताको सरणमा समेत पुगेको बताएको छ । असिनाले गहुँबालिमा क्षति बनाएका कारण पीडित स्थानीय बासि मकै सिजनमा रोप्न नपाउदा हैरान भएको बताएका छन् । जमिन भरि बाझो हुदा पशुचौपायलाई चरिचरण रुपमा प्रयोग हुँदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!